‘बोक्सीको घर’ले चार दिनमा कमायो ३ करोड २४ लाख रुपैयाँ भन्दा बढि

फिल्मी फण्डा। ‘बोक्सी घर’ले फिल्म चलेको चार दिनमा  ३ करोड २४ लाख रुपैयाँ कमाई गरेको छ ।  पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार)२ करोड ३० लाख ग्रस कलेक्सन गरेको फिल्मले विकडेज (आइतबार, सोमबार र मंगलबार)मा पनि दर्शकलाई हलसम्म तानिरहेको देखिन्छ ।

मंगलबारको देशव्यापी अकुपेन्सी ४० देखि ७० प्रतिशत छ, जुन उत्कृष्ट हो । वितरण कम्पनी टी–फोकले चार दिनसम्मको कमाइ सार्वजनिक गरेको छ । आइतबार ५३ लाख र सोमबार ४१ लाख कमाइ गरेको वितरकले जनाएका छन् ।

मंगलबार पनि आईएनआई र क्यूएफएक्समा दर्शकीय अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिन्छ । बुधबार मजदुर दिवसको सार्वजनिक बिदा भएकाले उक्त दिन फिल्मले राम्रै कमाइ गर्न सक्ने प्रक्षेपण गरिएको छ । फिल्मले दुई दिनमै लगानी उठाइसकेको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech