फिल्मी फण्डा । फिल्म ‘खजुरे ब्रो’को रोमान्टिक गीत रिलिज भएको छ । ‘मैले फकाएर मात्र’ बोलको गीतमा अनमोल गुरुङको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा फिल्मका मुख्य पात्रहरू रेअर राई र नीति शाहलाई फिचरिङ गरिएको छ । फिल्म आउँदो शुक्रबारदेखि रिलिजमा आउँदै छ ।
यो गीतको भिडियोमा नीतिलाई रेअरको ड्रिम गर्लको रुपमा देखाइएको छ । रेअर राई र नीति शाह मुख्य भूमिकामा रहेको यो फिल्ममा नविन मानन्धर, महेश त्रिपाठी, विनिता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिपचन्द्र राई, शान्तिला तामाङ लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्देशक सुरज सुनुवार हुन् ।
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा यो फिल्म निर्माण गरेको हो । नविन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माताको रुपमा छन् ।