बाबुल गिरीको स्वर रहेको 'हे आमा' बोलको नयाँ गित सार्वजनिक

फिल्मी फण्डा । निर्देशक राजु गिरीले निर्देशन गरेको नयाँ गित सार्वजनिक भएको छ । हे आमा बोलको गित आमाको मुख हेर्ने अघिल्लो दिन आरआर स्टुडियो युटुबल च्यानलबाट सार्वजनिक गरिएको हो । 

गितमा बाबुल गिरीको म्युजिक र स्वर रहेको छ । गितलाई रामहरी खडकाले लेखेका हुन भने धनबहादुर गिरीले एरेन्ज गरेका हुन । गितमा कान्छी पौडेल,गोपाल पौडेल,विनोद खडका,हिरा श्रेष्ठ,आशा भुसाल,तलिसा गुरुङ र भरत पोखरेलको अभिनय रहेको छ । गितमा आमाको महिमा र महत्व दर्शाइएको छ त्यसैले गितलाई आमाको मुख हेर्ने अघिल्लो दिन सार्वजनिक गरिएको गितका निर्देशक राजु गिरीले बताएका छन । 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech