फिल्मी फण्डा । जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा जातीय विभेदको कथालाई उठान गरिएको छ ।
दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा विकास सुवेदीको लेखन छ । फिल्ममा भरत रेग्मीको सम्पादन, राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको एक्सन छ ।
किङ्डम नेटवर्कको प्रस्तुतिमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, प्रतीक्षा लिम्बु लगायतका कलाकारको अभिनय छ ।