‘पुजार सार्की’मा फरक, जटिल र महत्वपूर्ण भूमिकामा अभिनय गरेको छुः पल शाह

फिल्मी फण्डा । अभिनेता पल शाहले ‘पुजार सार्की’मा ‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सिर्जनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको भएको बताएका छन । त्यससँगै उनी भन्छन्, ‘फिल्ममा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा हलमा निम्तो दिन चाहन्छु ।’

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेकोमा क्षमा माग्दै पलले आफू जनकपुर र सर्लाहीमा छायांकन भइरहेको ‘रावायण’मा व्यस्त रहेको उल्लेख गरेका छन् । उनले आफ्नो भूमिकाबारे लेखेका छन्, ‘मैले यो फिल्ममा अन्यभन्दा फरक, जटिल र महत्वपूर्ण भूमिकामा अभिनय गरेको छु ।’

उनले आफूसहित आर्यन सिग्देल र प्रदीप खड्काको क्यारेक्टर लुक्सबारे पनि सार्वजनिक गरेका छन् । ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो फिल्ममा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारको जस्तै महत्वपूर्ण भूमिका भने रहेको छ,’ उनले भनेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech