फिल्मी फण्डा । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो संगीतमा दुईवटा गीत रेकर्ड गराएका छन् । शिव परियार र प्रमोद खरेलका आवाजमा गीतको रेकर्ड गरिएको हो ।
बुधबार रेकर्ड गरिएको प्रमोदहरि गुरागाईंको शब्द रहेको ‘यतै कतै’ बोलको गीतमा शर्माको संगीत र खरेलको स्वर छ । मनोहर सुनामको संगीत संयोजनमा यो गीतको रेकर्डिङ नक्सालस्थित साउण्ड डिजाइन स्टुडियोमा गरिएको छ ।
यो गीतलाई दशैंअघि नै म्युजिक भिडियोसहित सार्वजनिक गर्ने तयारी रहेको शर्माको छ ।
संगीत र साहित्यमा समेत रुचि भएका राजनीतिज्ञ शर्माले यसअघि दलित सचेतना प्रेरित गर्ने गीत पनि रेकर्ड गराएका छन् । शिव परियारको स्वर रहेको यो गीतमा मीन विश्वकर्माका शब्द छन् ।