मंसिर १४ गतेबाट प्रदर्शनमा आउने फिल्म 'ईश्वर'ले सेन्सर बोर्डबाट पायो पीजी’ सर्टिफिकेट

फिल्मी फण्डा । आगामी मंसिर १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ईश्वरले  पीजी’ सर्टिफिकेट पाएको छ  । फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो ।

 राजु गीरीको लेखन तथा निर्देशन रहेको फिल्म ईश्वर  दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।  जसमा निर्माता हरिबहादुर थापा र शंकर गिरी रहेका छन भने पटकथा तथा संवाद भोजराज देवकोटाको रहेको छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारी लगायतको पनि अभिनय छ । यो सिनेमाबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि कमब्याक गरेकी छन् । 

अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमालाई उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech