रणवीर र दीपिकाको डिर्भोस हुन लागेको हो ? 

फिल्मी फण्डा । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले एक महिनाअघि मात्रै आफूहरु आमाबाबु बन्न लागेको घोषणा गरेका थिए । यसैबिच सामाजिक सञ्जालमा यतिबेला रणवीर र दीपिकाको सम्बन्ध चिसिएको खबरले चर्चा पाइरहेको छ । 

रणवीर सिंहले इन्स्टाग्राममा आफ्नो बिहेको तस्बिरहरू हटाएपछि यो हल्ला सुरु भएको हो । रणवीरले हालै इन्ष्टामा २०२३ अघिका सबै पोस्टहरू हटाएका थिए ।

उनले हटाएका पोस्टमा विवाहका तस्बिरहरू पनि थिए । यी तस्बिरहरू मेट्ने बित्तिकै, फ्यानहरूले उनीहरूको विवाह सङ्कटमा रहेको भविष्यवाणी गर्न थालेका थिए । उनीहरूको वैवाहिक सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा बढ्दै गएको छ । अभिनेताले बिहेको तस्बिर हटाउनुको ठोस कारण थाहा हुन सकेको छैन ।रणवीर र दीपिकाले सन् २०१८ को नोभेम्बर १४ मा दुवैले इटालीमा धूमधामसँग बिहे गरेका थिए ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech