
फिल्मी फण्डा । नेपाली चलचित्र सानो सन्सार को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता अर्जुन कुमारले निर्माण गरेको यो चलचित्र अब कार्तिक ९ बाट देशभर प्रदर्शनमा आउने भएको छ ।
सोमबार निर्माताले विज्ञप्ति निकाल्दै उक्त मिति मा चलचित्र प्रदर्शनमा आउने बताएका हुन् । पछिल्लो समय लगातार परेको पानी झरीले गर्दा प्रदर्शनमा प्रभावित भएको भन्दै निर्माताले आइतबार प्रदर्शन स्थगित गर्ने घोषणा गरेका हुन् ।
मध्यम वर्गीय परिवारको कथा बस्तुमा बनेको चलचित्र सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् ।चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले हुन् । अहिले सम्म कार्तिक ९ मा अन्य चलचित्र मिति घोषणा भएको छैनन् ।