‘ज्वाइँ साब’को १० दिने कमाइबारे के भन्छन् निर्माता ?


फिल्मी फण्डा । जितु नेपाल र निती शाहको मुख्य भूमिकामा रहेको फिल्म ‘ज्वाइँ साब’ले प्रदर्शनको १० दिनमा सुखद कमाइ गरेको छ । दशैंको फूलपातीमा रिलिज भएको फिल्मले पछिल्लो सप्ताहन्तमा सुखद प्रदर्शन गर्‍यो ।

निर्माताले आइतबार फिल्मको दोस्रो सप्ताहन्तसम्मको ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । फिल्मले उक्त अवधिमा ३ करोड २५ लाख रुपैयाँ ग्रस कमाइ गरेको प्रेषित विवरणमा उल्लेख छ ।बसन्त निरौला निर्देशित फिल्मले पहिलो साता भने अपेक्षाकृत ओपनिङ गर्न सकेन । दोस्रो साता प्रवेशको सप्ताहन्तमा फिल्म अकुपेन्सीमा वृद्धि भएको देखिएको छ  ।

फिल्ममा बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

 

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech