नकारात्मक टिप्पणी बिरुद्ध आँचल प्रहरीकोमा जाने
फिल्मी फण्डा । कलाकार आँचल शर्मा आफ्नो अभिव्यक्तिको कारण चर्चामा आइरहन्छिन्, जानाजान आउँछिन् या अन्जानमा त्यो उनैलाई थाहा होला । तर पटकपटक उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विवाद खडा हुने गरेको छ । पछिल्लो समय उनले एक फेसन सो को जज रहेका काम गर्दा एक युवकको शारिरिक अवस्थामाथि टिप्पणी गरेपछि उनि एकाएक चर्चामा आइन् । उक्त अभिव्यक्तिलाई लिएर आँचल निकै गाली र आलोचनाको सिकार भइन् । धेरैले उनलाई चर्चामा आउन त्यस्तो अभिव्यक्ति दिएको समेत भने ।
र अहिले उनि अर्को अभिव्यक्तिको कारण चर्चामा आएकी छिन् । एक अमुक फेसबुक पेजले आँचलको नाम उल्लेख गर्दै एक पोस्ट गरेको छ, जहाँ आँचलले कलाकार दयाहाङ राईलाई त्यसले मन पराउँछ जो अशिक्षित र मूर्ख छ भन्दै अभिव्यक्ति दिएकी छिन् भनेर उल्लेख गरेको छ । तर उक्त पोस्टलाई दयाहंगको अफिसियल पेजबाट उक्त अभिव्यक्ति आँचलले कतै नदिएको र उनि माथि नकारात्मक टिप्पणी नर्गन अनुरोध गरेका छन् ।
आँचलले भने दयाहाङको पोस्ट सेयर गर्दै आफु कानुन उपचारमा जाने चेतावनी दिएकी छिन्, उनले भनेकी छिन् गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीनदेखि मैले सामाजिक सञ्जालमा अनेक गाली खाइरहेको छु । यस्ता कुरामा धेरै रियाक्ट नगरुँ भन्दा भन्दै पनि अब चाहिँ म सहनै नसक्ने भएको छु । जजले जसको उक्साहटमा यो सब गरिरहनु भएको छ, तपाईँहरूको समय सकियो । म कानुनी कारबाहीको बाटोमा जान बाध्य भएकी छु । मलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन कृपया बन्द गर्नुस् ।
नेपाली कलाकार विभिन्न समयमा दिएको अपरिपक्व अभिव्यक्तिको कारण दर्शकको निशानामा आउने गर्छन्, आँचल पनि पटकपटक अपरिपक्व अभिव्यक्ति दिएको कारण विवादमा आइरहन्छिन् ।