चलचित्र बिकास बोर्डले छायाकारलाई ड्रोन पाइलटको तालिम दिने


फिल्मी फण्डा । चलचित्र बिकास र्बोडले छायाँकार हरुलाई १० दिने दिने निःशुल्क ड्रोन पाइलट ट्रेनिङ दिने भएको छ ।  पछिल्लो समय नेपाली फिल्मको छायांकनमा ड्रोनको प्रयोगमा वृद्धि हुन थालेको छ । दृश्यलाई आकर्षक रुप दिन छायाकारले ड्रोनलाई अधिकतम प्रयोग गर्न थालेका छन् । तर यसका लागि ड्रोन उडाउन चाहिने तरिका र कानुनी व्यवस्था जान्नु जरुरी छ ।  

बोर्डले बुधबार सूचना जारी गर्दै कार्यशालामा सहभागी हुन नेपाली छायाकारलाई आग्रह गरेको छ । विदेशमा ड्रोन पाइलट अध्ययन गरेका उड्डयन क्षेत्र र नेपाल प्रहरीका विज्ञले तालिम दिने बोर्ड अध्यक्ष दिनेश डिसीले बताए । दक्षता अभिवृद्धिका लागि २५ जना नेपाली चलचित्र छायाकारलाई तालिम दिन लागिएको बोर्डले जनाएको छ । आवेदन फारम बोर्डको वेबसाइटबाट डाउनलोड गरी दिन सकिने जनाइएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech