पल शाहको प्रश्न : निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ कि, खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ  ?

फिल्मी फण्डा । नावालीकालाई यौन दुर्व्यवहार गरेको मुद्धामा एक बर्ष जेल जिवन बिताइ अहिले सामान्य जिवन बिताइरहेका कलाकार पल शाह गत आइतबार कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीको एक कमेडी सोमा गएका थिए । उक्त सोमा सन्दिप र पलले मजाक मजाकमा जेल जिवन बारे चर्चा गरेका थिए । पलले आफ्नो जेल जीवनबारे बताउँदै गर्दा उता सन्दिप मुर्छा परेर हाँसिरहेका थिए । उक्त कार्यक्रम सार्वजनिक भएलगत्तै ट्रोलको सिकार बन्न पुग्यो । अधिकांश दर्शकले सन्दिप माथि गालीको बर्षा गरे । संवेदनशिल बिषयमा मजाक गरेको भन्दै उनीमाथि दर्शक खनिए । कतिपयले सन्दिप सँगै पलमाथि बिरुद्ध पनि कमेन्ट गरे । अन्तत उक्त सो युट्युबबाट हटाउन प्रसारक बाध्य भए । अहिले उक्त सो युट्युबमा छैन । 

कार्यक्रम युट्युबबाट हटेपछि हिजो राति कलाकार पल साहाले फेसबुकमा एक लामो स्टाटस राखे । निकै भावनात्मक र आक्रोसित हुँदै उनले स्टाटसमा 'दर्शकलाई म बलात्कारी हुँ लेखेर देश छोडौँ रु कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ' भन्दै प्रश्न तर्साएका छन् । उनले आफु पनि आम मान्छे जस्तै रहेको र आफ्नो पनि परिवार इष्ट मित्रहरु रहेको बताउँदै दर्शकको नराम्रो कमेन्टले उहाँहरूमा के बित्छ होला भनि प्रश्न गरेका छन् ।

उनलको पुरा स्टाटस यस्तो छ 

'मानवीय जीवन हो उतार चढाव हुन्छ । म नि मानव हो । म भित्र पनी मानवीय संवेदना छ । म रुन्छु हाँस्छु । तपाईहरु जस्तै ।।।।।। 
म माथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगे र १ वर्ष कारागारमा रहे । सम्मानित अदालतबाट उक्त आरोपबाट “सफाई” पाएर म तपाईहरु जस्तै सामान्य जीवन यापन र कर्म गर्दै आइरहेको छु । 
मलाई थाहा छ, बुझेको पनी छु म एक सार्वजनिक व्यक्ति हुँ । मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ । म साना साना कुरामा संवेदनशील हुनु पर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्ने जति म संवेदनशील बन्ने कोसिसमा छु । पछिल्लो समय कान्तिपुर टिभी बाट प्रसारित “ध्जबत त्जभ ँयिउ क्जयध” मा मैले  अन्तरवार्ता दिएको थिए । उक्त अन्तर्वार्ता प्रसारण भई सकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भई रहेको छ । प्रसारित कार्यक्रममा ूहासि हासि बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायोू जस्ता आरोप लागेका छन् । 
म एक्लै यो धर्तीमा कहिबाट उत्पत्ति भएको हैन । मेरो पनी एउटा परिवार छ । परिवार भित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनी छन् । उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिदा रु कहिल्यै सोच्नु भएको छ परिवारमा पर्ने आघातका बारेमा रु उनीहरूलाई  मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला कस्तो दाग रहला रु कहिल्यै त्यो ठाँउमा आफ्नो परिवार राखेर सोच्नु भएको छ रु म स्पष्ट पार्न चाहन्छु । मेरो तर्फबाट मृत या जीवित, आरोपित होस या अपराधी सबैप्रति मेरो सम्मान छ । म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लङ्घन या कसैको अवहेलना गर्नेबारे सोच्न सम्म सक्दिन ।
मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिए । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नु पर्ने हो र रु मैले कसैको नाम नलिईकन त्यहाँ भित्र मैले भोगेका देखेका कुरा हाँसेर सरकार सामु अपिल गर्दा पनी मैले गाली खानु पर्ने हो रु म मेरा दुखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो रु मैले कसलाई मजाकको पात्र बनाएको छु रु म रुँदै अन्तर्वार्ता दिनु पर्ने हो रु म मेरो दुखमा सधैँ रुनु पर्ने हो या मैले मेरा दुखका अनुभव हाँसी हासि साट्न र जित्न पनी पाउँछु रु धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्न सकेको छैन मेरो जीवनमा मैले गर्नु पर्ने के हो नगर्नु पर्ने के हो रु समाजका तपाईंहरु जान्ने बुझ्नेले मलाइ उत्तर दिनु होला १११
अदालतबाट “सफाई” पाइसकेपछि पनि मैले निधारमा म बलात्कारी हुूँ लेखेर हिडौ कि दुख पिडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ रु मलाई पल शाह बनाएको तपॉईहरुले हो यस कारण म प्रश्न पनी तपाईहरु समक्ष नै गर्न चाहन्छु म के गरौँ रु  कसरी बॉचौ रु कसरी हिडौ रु कसरी बोलौँ रु कसरी खाऊ रु कसरी लाऊ रु कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ रु कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?
एक बर्षे कारागार बसॉईमा मैले पाएका दुखलाई आशुले छिपिक्क भिजाएको छु । पिडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुखलाई खुसी मुद्रामा साट्दा तपॉईहरुमा परेको असर प्रति क्षमा चाहन्छु । कानुनले “ तँ “ सही छस् भनेर “सफाई” दिएको विषय जोडेर बारम्बार प्रहार हुदॉ जीवन जिउने अभिलाषा सकिँदो रहेछ ।।।।।।। सबैमा माया सम्मान र धन्यवाद'

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech