चलचित्र ´ २ नम्बर ` निर्माण हुने

फिल्मी फण्डा । फिल्म ‘२ नम्बर’ बन्ने भएको छ । संगीत सापकोटाको लेखन तथा निर्देशनमा यो फिल्म निर्माण हुन लागेको हो । 

यो फिल्ममा कलाकार अयुब केसीको लगानी समेत रहने छ । फिल्ममा उनी कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको बिषयमा अरु केही पनि बताइएको छैन । तर, निर्माणपक्षले एउटा राम्रो फिल्म बनाउने अठोट भने गरेको छ । 

शिर्षक हेर्दा फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको देखिन्छ । फागुनको अन्तिम साताबाट छायांकनमा जान लागेको यो फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech