सञ्चारकर्मी प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की

फिल्मी फण्डा । चलचित्र पत्रकारीतामा आफुलाई लामो समय देखि  स्थापीत गरेका सञ्चारकर्मी प्रकाश सुवेदीले आफुलाई ज्यान मार्ने धम्की आईरहेको बताएका छन।

उनले आज आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा यसको खुलासा गरेका हुन्। मङ्सिर ७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘तेल भिषा’ को ट्रेलर रिलिज कार्यक्रममा उनले यो बारे बताएका छन्।

उनले विभिन्न नम्बरबाट आफुलाई पटक पटक ज्यान मार्ने धम्की आएको र यसको लागी प्रहरीको मा पुगेको जनाएका छन्। हिन्दी भाषामा फोन गर्दै २ करोडको सुपारी मिलेको भन्दै पटक पटक धम्कि आएको उनले उल्लेख गरेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech