फिल्मी फण्डा । अगामी कात्तिक ३० गते देखी प्रदर्शनकाे घोषणा गर्दै गीतदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेको फिल्म ‘केटी हराएको सूचना’ अब पूर्वनिर्धारित मितिमा नआउने भएको छ । शुक्रबार निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको जनाएको छ । लक्ष्मीपूजाबाट आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अभूतपूर्व व्यापार गरेपछि ‘केटी हराएको सूचना’ले रिलिज स्थगन गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘जुन प्रकारले ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको साथ पाएको छ, यो अवस्थामा नयाँ चलचित्र आउँदा चलचित्र घरहरुले नयाँ चलचित्रलाई समेत शो बाँडफाँट गर्नुपर्ने अवस्थाको सृजना हुने हुँदा दर्शकको साथ प्राप्त चलचित्र समेतलाई असर पर्ने सम्भावना रहने भएकोले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु हाम्रो दायित्व हो भन्ने मान्यता कायम राख्दै ‘केटी हराएको सूचना’को प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौं ।’
‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा उछाल कायम गरिरहेकाले ‘केटी हराएको सूचना’ले कम शो पाउने सम्भावना थियो । जसले गर्दा निर्माताले रिलिज रोक्नु नै उत्तम विकल्प देखेका हुन् । अब कात्तिक ३० गते फिल्म ‘ह्रस्व दीर्घ’ एकल प्रदर्शन हुनेछ ।