क्युएफएक्सले खुलायो 'ह्रस्व दीर्घ' को अग्रिम बुकिङ

फिल्मी फण्डा । हलमा 'पूर्णबहादुरको सारंगी' को दबदबा कायमै रहँदा आउँदो शुक्रबार नयाँ नेपाली फिल्म 'ह्रस्व दीर्घ' रिलिज हुँदैछ। 

नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको फिल्मको मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बिक्री खुलाउन सुरू गरेका छन्।

देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मंगलबार बेलुका यो फिल्मको शो बाँडफाँट गर्दै अग्रिम बुकिङ खुलाएको छ। 

क्युएफएक्समा फिल्मले राम्रै शो पाएको छ। क्युएफएक्सले काठमाडौंभित्रका आउटलेटमा २१ र बाहिरका आउटलेटमा २४ शो दिएको छ। 

आईएनआई सिनेमाज, बिग मुभिज, वान सिनेमाज लगायतका मल्टिप्लेक्समा पनि बुकिङ खुलाउने तयारी छ।

चन्द्र पन्त निर्देशित 'ह्रस्व दीर्घ' अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech