चलचित्र ‘तेल भिसा’को अग्रीम बुकिङ खुला

फिल्मी फण्डा । मंसिर ७ अर्थात  भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तेल भिसा’को अग्रीम बुकिङ खुला गरिएको छ । शंकर घिमिरेले १२ पछि निर्देशनमा कमव्याक गरेको सिनेमाले देशभरका सिंगलस्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो पाएको हो । सिनेमाको अग्रीम टिकट बुकिङ पनि राम्रो देखिएको छ ।


देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २५ शो अनि मोफसलमा २५ शो उपलब्ध गराएको छ । यस्तै, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आइएनआई सिनेमाजले ९ शो, वान सिनेमाजले ७ शो, एफक्युबले ६ शो, बिग मूभिजले ४ शो, बिएसआर मूभिजले ३ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले ३ शो, सिने डी सेफले ४ शो र कृर्तिपुर सिनेप्लेक्सले १ शो उपलब्ध गराएका छन् ।


सिनेमाले देशभरका सिनेमा घरमा डेढ सय हाराहारीमा शो पाएको देखिन्छ । यो नेपाली सिनेमाका लागि उपलब्ध राम्रो शो हो । यी मात्रै शोमा दर्शकको अकुपेन्सी आक्रामक देखिएपछि १ करोड बढि ओपनिङ हुने गर्छ । त्यसपछि सिनेमाले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाएको खण्डमा शो बढ्दै जाने हलसञ्चालक र वितरकको भनाई छ ।

अझै केही हलरुमा अग्रीम टिकट बुकिङ खुल्ने क्रम जारी छ ।शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ । सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech