फिल्मी फण्डा। अस्कर अवार्ड विजेता भारतीय संगीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानो करिब तीन दशकको वैवाहिक जीवनपछि अलग हुँदैछन् । साइराकी वकिल वन्दना शाहले विज्ञप्ति जारी गर्दै दम्पतीको सम्बन्धविच्छेदको घोषणा गर्दै गोपनीयताको माग गरेकी छिन् ।
यसको केही समयपछि एआर रहमानले पनि सामाजिक सञ्जालमा एक भावुक नोट शेयर गरेर यसको पुष्टि गरेका छन् । ‘विवाहको धेरै वर्षपछि श्रीमती सायरा र उनका पति श्री एआर रहमानले एकअर्काबाट अलग हुने कठिन निर्णय लिएका छन् । यो निर्णय उनीहरूको सम्बन्धमा महत्वपूर्ण भावनात्मक तनावपछि आएको हो’ विज्ञप्तिमा भनिएको छ ।
‘एकअर्काको लागि गहिरो प्रेमको बाबजुद दम्पतीले तनाव र कठिनाइहरूले उनीहरूको बीचमा खाडल सिर्जना गरेको छ जुन यस समयमा पुर्न सक्षम छैन भन्ने पत्ता लगाए’ विज्ञप्तिमा भनिएको छ । वकिलको भनाइ बाहिर आएपछि एआर रहमानले सामाजिक सञ्जालमा डिभोर्सको घोषणा पनि गरेका छन् ।
२७ वर्षको उमेरमा एआर रहमानले १२ मार्च १९९५ मा सायरासँग विवाह गरेका थिए । सायरा त्यतिबेला २१ वर्षकी थिइन् । यो एआर रहमानकी आमाले संयाजन गरेको विवाह थियो । दुवैका दुई छोरी खतिजा, रहिमा र एक छोरा अमिन छन् ।