‘महागठबन्धन’बाट निखिलले कमब्याक गर्दै

फिल्मी फण्डा । नेपाली चलचित्र क्षेत्रका ‘एक्सन स्टार’ रुपमा चिनीएका नायक निखील उप्रेती हुन् । उनले केहि महिना अघि चलचित्र खेल्नै को लागी भनेर कपाल प्रत्यारोपण गरेका थिए । नायक निखील उप्रेती चलचित्र ‘महागठबन्धन ’ फिल्मबाट कमब्याक गर्ने भएका छन् । निखिलले फिल्ममा काम गर्न लागेको चर्चा चलेको लामै समय भएको थियो । केही समय अगाडि उनले आफै फिल्म बनाउन लागेको खबर समेत सार्वजनिक भएको थियो । तर, फिल्म ‘भैरव’ निर्देशन गरेपछि निखिलले नयाँ फिल्म निर्देशन गरेका छैनन् । 

अब, निखिलले फिल्म ‘महागठबन्धन’मा काम गर्न लागेका छन् । यो फिल्मलाई संगीतकार शम्भुजित बास्कोटाले निर्माण गर्दैछन् । फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्ने पक्का भएको छ । 

फिल्म ‘महागठबन्धन’ बन्न लागेको निर्देशक थापाले पनि पुष्टि गरे । फिल्मी फण्डा सँगको कुराकानीमा उनले भने–‘हामीले अघिल्लो एक प्रोजेक्टको काम अहिलेलाई पोष्टपोन्ड गर्दै महागठबन्धनको कामलाई अगाडि बढाएका छौं । निखिलजीसँग काम गर्ने बिषयमा मौखिक कुरा भइसकेको छ ।’

यो फिल्मले राजनीतिक कथावस्तुलाई प्रस्तुत गर्ने थापाको भनाई छ । 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech