विजयले सुरु गरे ‘लाज शरणम’को सुटिङ

फिल्मी फण्डा । अभिनेता विजय बरालले‘ लाज शरणम’को सुटिङको दोस्रो सेड्यूल सुरु गरेका छन् । काठमाडौँको माइतीघरस्थित खाद्य गोदामबाट सुरु भएको दोस्रो चरणको सुटिङमा बरालले ज्वाइन गरेका हुन् । 

दसैँअघि फिल्मको डोल्पामा सुटिङ भएको थियो । चलचित्रको अहिलेसम्म ९५ प्रतिशत छायाङ्कन सकिएको  निमार्ण पक्षले जानकारी गराएको छ । फिल्मको छायाङ्कन केही दिनमै सकिने निर्माण युनिटले जनाएको छ ।

आगामी १४ फागुन महाशिवरात्रि प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे पाँडे , सागर लम्साल बले , हरिष निरौला कक्रोज , प्रियाना आचार्य मुन्नी , बबिन राराई गल्फने बाजे रामभजन कामत, कमलमणी नेपाल खुपीका बाउ लगायतका कलाकारको अभिनय रहेको  छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदीप बरालको छायाङ्कन रहेको छ । फिल्मका निर्माता नवीन श्रेष्ठ र सह–निर्माता राम नरेश शाह हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech