फिल्मी फण्डा । चलचित्र ‘फेरि रेशम फिलिली’को पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरेको छ । निर्माणपक्षले यो फिल्मलाई फागुनको १४ गतेबाट रिलिज गर्ने घोषणा थियो । महाशिवरात्रिको अवसर पारेर यो फिल्म दर्शकमाझ आउन लागेको हो ।
रौनक विक्रम कँडेलको लगानीमा बनेको यो फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई देख्न सकिन्छ । विनय ९ बर्ष अगाडि रिलिजमा आएको फिल्म ‘रेशम फिलिली’कै लुक्समा देखिएका छन् । सुपुष्पालाई भने हातमा रातो गुलाबको फूल लिएर मुस्कुराएको अवस्थामा देख्न सकिन्छ ।
निरोज महर्जनको निर्देशनमा तयार भएको यो फिल्ममा कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतका कलाकारहरुको अभिनय छ ।
सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, आकाश बराल र निर्देशक महर्जनको पटकथा, नरेश किङ्ग योगीको एक्सन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ । एनी थापा सह–निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् ।