फिलमी फण्डा । फाल्गुन १४ बाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘होस्टेल ३’ सरेको छ । अब फाल्गुन १४ मा रिलीज नहुने निर्देशक ससान कँडेलले फिल्मी फण्डालाई जानकारी दिए ।
उनले भने–‘यो मितिमा ३ वटा फिल्म छन् । हामीले यति मिहिनेत गरेर फिल्म बनाएका छौं । यसैले, कुनै पनि फिल्मसँग नजुध्ने सोच बनाएर पछि सरेका हौं । अब, नयाँ प्रदर्शन मिति केही दिनमै तोक्ने तयारी छ ।’ हाल यो फिल्मको गीतको छायांकन भइरहेको पनि निर्माणपक्षले जानकारी दिएको छ ।
यो फिल्म फागुन १४ गतेबाट पछि सरेपनि त्रिपक्षिय भिडन्त भने रोकिएको छैन । यो मितिमा नयाँ फिल्म ‘फेरि रेशम फिलिली’ आउने पक्का भइसकेको छ । यो बाहेक फागुनको १४ गते ‘मायाबी र लाज शरणम्’ रिलिज हुने पनि पक्का भइसकेको छ ।
मंसिर र पौषमा निकै कम फिल्म रिलिज भएपनि फागुनमा भने फिल्मको रिलिजको संख्या उच्च देखिएको छ । फागुनको २ गते ‘दुखी आत्मा र ताण्डवम्’, फागुनको १४ गते ‘मायाबी, फेरि रेशम फिलिली, लाज शरणम्’, फागुनको २९ गते ‘अन्जिला’ रिलिज हुँदैछन् । यो मितिमा फिल्म ‘पिताम्बर’ पनि रिलिज हुने चर्चा छ ।