दुःखी आत्माको पोष्टर सार्बजनिक, फिल्म फागुन २ मा चल्ने

फिल्मी फण्डा ।अगामी फाल्गुन २ गते बाट प्रर्दशनमा आउन लागेको चलचित्र  ‘दुखी आत्मा’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ। पोस्टरमा  दयाहाङ राई र आँचल शर्माका साथै अनुप बिक्रम शाही, बुद्धि तामांग, रियर राई, दिया मास्के, आशान्त शर्मा, लोकेन्द्र लेखक लगायतका कलाकारहरुलाई फिचर्ड गरिएको छ।470219547_1025281045997540_7126704631501373694_n.jpg

दिपेन्द्र लामाको निर्देशन तथा क्लक वर्क कृएसन्सको ब्यानरमा बनेको ‘दुखी आत्मा’ सोसियल कमेडी जनरामा बनेको फिल्म हो ।फिल्ममा आलोक शुक्लाको छायांकन,सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्शन म्यानेजर सुदीप ढकाल छन् ।470212835_1025281145997530_6667451107101374346_n.jpg

फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतका कलाकारहरुले अभिनय रहेको छ ।आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको सार्वजनिक प्रदर्शन फागुन २ गतेबाट हुनेछ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech