सलोन र नम्रता अभिनित ‘रंगी’ फाल्गुन २ मा

फिल्मी फण्डा ।अभिनेता सलोन बस्नेतको  निर्माणमा बनेको  चलचित्र ‘रंगी’को प्रदर्शन मिति तय भएको छ  । यो सिनेमा फागुन २ गते प्रदर्शन हुने घोषणा निर्माता कम्पनी सान्भी इन्टरटेनमेन्टले जानकारी गराएको छ  ।


बुधबार पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषण गरेका हो  । पोस्टरमा कलाकार समेत रहेका बस्नेत र बालकलाकार आयुषी ढकाललाई चित्रण गरिएको छ । मोसन पोस्टरमा डेब्यु अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई पनि देख्न सकिन्छ । मोसन पोस्टर हेर्दा सलोन र नम्रता दम्पतीको भूमिकामा देख्न सकिन्छ ।


सक्षम सुवेदी र करिश्मा केसी बस्नेत निर्माता रहेको फिल्म ‘रंगी’मा सुमन गजमेरको पटकथा, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन छ । ‘रंगी’सहित २ फागुनमा तीन फिल्म आउने पक्का भएको छ जसमा ‘दुखी आत्मा’ र ‘ताण्डवम’ छन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech