राजेन्द्र खड्गीले सुरु गरे जुत्ता व्यवसाय

फिल्मी फण्डा । नेपाली चलचित्र क्षेत्रका एक्सन स्टार राजेन्द्र खड्गीले कलाकारीता संगै  आफ्नो ब्यवसाय सञ्चालन गरेका छन् । उनले जुत्ताको ब्यवसाय सुरु गरेका हुन् । जुत्तामा आफ्नै डिजाइन रहेको बताउने उनले ब्रान्डको नाम आफ्नै नामबाट राखेका छन् ।


आरके बुट्स क्लव नाम राखेका जुत्ताका केही तस्विर सहित उनले मूल्य समेत सार्वजानिक गरेका छन् । एक जोर जुत्ता मूल्य रु पाँच हजारमा पाइने र यसमा उनी स्वयमले एक वर्षको ग्यारेन्टी दिने बताएका छन् ।


एक ताका सिने जगतको द्वन्दका क्षेत्रमा आफ्नै स्थान बनाएका राजेन्द्र हाल भने निष्क्रिय छन् । कामको हिसावले निष्क्रिय भए पनि उनको चर्चा भने भिन्न भिन्न तवरले भै नै रहेको हुन्छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech