द्रौपदी’को पोस्टर रिलिज

फिल्मी फण्डा ।अगामी  चैत्र ८ गतेबाट रिलिजको तयारीमा रहेको  चलचित्र  ‘द्रौपदी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको  पोस्टरमा सिनेमाका मुख्य पात्रहरुलाई देखाइएको छ । आश्विनी शाही , रबि ओड , जेल्सन अधिकारी, सुजाता तिमल्सिना , कबिराज भाम, प्रकाश ज्ञवाली , सीता बौडेल , बिस्णु ठडराई , सुरज अधिकारी, ऋषिराज आचार्यको अभिनय रहेको फिल्मबाट गायक रबि ओड नेपाली सिने नगरीमा डेब्युपनि गर्दैछन।


फिल्ममा  ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहने छ भने ऋषिराज आचार्य र प्रकाश ज्ञवालीको लगानी रहेको छ। रबि ओडको संगीत रहेको फिल्मको  पार्स्व सङ्गीत सौरभ शर्मा बस्याल ,सम्पादन अनिल महर्जन, कला बिजय आचार्य , छायांकन मोहन कुमार झिल्लु ,सह निर्देशन ऋतु आचार्य, मु.स.निर्देशन :सुजाता तिमल्सिना / महेश्वर आचार्यको रहेको छ ।
कथावस्तु खुलाई नसकिएको फिल्मको छायांकन डोल्पाको से फोक्सुन्डो लगायत विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech