‘पुष्पा २’ को धमाका: निर्देशक सुकुमारले फिल्म क्षेत्र छाड्ने संकेत

फिल्मी फण्डा । दक्षिण भारतीय सुपरहिट फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा नयाँ उचाइ कायम गरेको छ। अल्लू अर्जुन र रश्मिका मन्दनाको प्रमुख भूमिका रहेको यो फिल्मले कमाइका रेकर्ड तोडिरहेको छ। तर, यो सफलता भित्र निर्देशक सुकुमारको एक बयानले चर्चा थपेको छ।

हैदराबादमा आयोजित एक कार्यक्रममा सुकुमारले आफू फिल्म क्षेत्र छाड्न चाहेको संकेत गरेका छन्। कार्यक्रममा उनलाई सोधिएको थियो, "यस्तो कुनै कुरा, जुन तपाईंले छाड्न चाहनुहुन्छ?" यस प्रश्नको उत्तरमा उनले छोटकरीमा भने, "फिल्म।"

यो बयानले धेरैको चासो बढाएको छ। यद्यपि, उनले फिल्म क्षेत्र किन छाड्न चाहेको भन्ने स्पष्ट कारण दिएका छैनन्। ‘पुष्पा २’ को प्रिमियरमा एक महिलाको दुखद मृत्यु भएको थियो, र कतिपयले सुकुमारको निर्णयलाई यो घटनासँग जोडिरहेका छन्।


यद्यपि, सुकुमारले ‘पुष्पा’ श्रृंखला भने नछाड्ने देखिन्छ। ‘पुष्पा २’ को ऐतिहासिक सफलतापछि ‘पुष्पा ३’ को घोषणा भइसकेको छ। यसमा पनि अल्लू अर्जुन र रश्मिका मन्दना मुख्य भूमिकामा रहनेछन्।

दर्शकहरू ‘पुष्पा ३’ को कथावस्तु र निर्देशनमा सुकुमारको प्रतिबद्धताका लागि उत्सुक छन्। तर, उनका हालका बयानहरूले फिल्म उद्योगमा नयाँ बहसको जन्म दिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech