सोनु निगमको कन्सर्टमा दर्शकको भव्य साथ, नेपालमा सांगीतिक उत्सवको माहोल सोनु निगमले नेपाली र बलिउड हिट गीतहरूको प्रस्तुति दिए

फिल्मी फण्डा । चर्चित भारतीय गायक सोनु निगमको 'लाइभ इन नेपाल' कन्सर्टमा दर्शकहरूले अभूतपूर्व साथ देखाएका छन्। क्रिसमसको अवसरमा बुधबार बेलुका काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटलको मैदानमा आयोजित कन्सर्टमा सोनुले आफ्ना सुपरहिट गीतहरू प्रस्तुत गर्दै नेपाली दर्शकलाई झुमाए।

कन्सर्टको शुरुवातमा, सोनुले नेपाली गीत 'उकाली ओराली गर्दै' गाएर दर्शकको दिल जिते। त्यसपछि, उनले बलिउडका चर्चित गीतहरू जस्तै 'अल इज वेल', 'ये दिल दिवाना', 'पापा मेरी जान', 'मुझसे सादी करोगी' लगायतका हिट गीतहरू प्रस्तुत गरे।

कन्सर्टमा हजारौं दर्शक उपस्थित थिए र सोनुको प्रस्तुति सँगै मैदानमा उत्साहको लहर चल्यो।

सोनु बुधबार मात्र काठमाडौं आएका थिए र कन्सर्टको आयोजना नेपाली–टच नेपालले गरेको हो। कन्सर्टलाई Laxmi Bank र Ncell जस्ता प्रमुख कम्पनीहरूले समर्थन गरेका थिए।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech