फिल्मी फण्डा । भारतीय गायक सोनु निगमले बिहीबार पशुपतिनाथको मन्दिरमा दर्शन गरेका छन्। उनलाई नेपालका कलाकार सन्दीप क्षेत्री लगायतका साथीहरूले दर्शनका लागि पशुपतिनाथ पुर्याएका थिए।
क्रिसमसको अवसरमा नेपाल आएका सोनु निगमले आफ्नो पहिलो कन्सर्ट ‘सोनु निगम लाइभ इन नेपाल’ प्रस्तुत गरे। कन्सर्टमा उनले करिब १२ हजार दर्शकलाई आफ्नो गायन र संगीतले मन्त्रमुग्ध बनाएका थिए।