मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित

फिल्मी फण्डा । भारतीय प्रधानमन्त्री मनमोहन  सिंहको निधनले बलिउड पनि शोकमा परेको छ ।जसअनुसार आज सलमान खानको ५९ औं जन्मदिनको अवसरमा सलमानको अर्को फिल्म सिकन्दरको टिजर रिलिज हुन लागेको थियो, जसको मिति अचानक सरेको जानकारी दिइएको छ।  

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण अब यो टिजर भोलि अर्थात २८ डिसेम्बर बिहान ११ः०७ बजे रिलिज हुने भएको छ ।

सिकिन्दरका निर्माता साजिद नाडियाडवालाले सामाजिक सञ्जालमार्फत ट्रेलरको मिति पोष्टपेन्ड भएको घोषणा गरेका हुन् । जुन ट्रेलर अाज लन्च गरिने भनिएकाे थियाे । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech