फिल्मी फण्डा । सन् २०२५ अब नजिकै आइपुगेको छ, र यसबीचको अंग्रेजी नयाँ वर्षमा ओटीटी प्लेटफर्महरूमा केही नयाँ र रोमाञ्चक सिरिजहरू आउने तयारीमा छन्, जसले तपाईंको नयाँ वर्षलाई उत्साहित बनाउने पक्का छ।
आउने वर्षमा लोकप्रिय सिरिजहरू जस्तै 'पञ्चायत सिजन ३', 'मिसम्याच्ड सिजन ३', 'हीरामण्डी', 'मिर्जापुर', 'ताजा खबर', 'कल मी बे' लगायतका श्रृंखलाले दर्शकको ध्यान आकर्षित गर्न सक्छन्। यी सिरिजहरू रोमाञ्चक कथावस्तु, नयाँ अनुहार र विविध जनराका कारण दर्शकहरूको पर्खाइमा छन्।
आर्यन खानको डेब्यु निर्देशकीय सिरिज
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले सन् २०२५ मा निर्देशन गर्ने नेटफ्लिक्सको सिरिजलाई दर्शकको ठूलो अपेक्षा छ। गौरी खानद्वारा निर्मित यो शोमा आर्यनले निर्देशन गर्दै छन्।
पाताल लोक सिजन २
जयदीप अहलावत र गुल पनाग अभिनित 'पाताल लोक'को दोस्रो सिजन १७ जनवरी २०२५ मा रिलिज हुनेछ। पहिलो सिजनको सफलता पछि, यसको दोस्रो सिजनका लागि दर्शकहरू उत्साहित छन्।
द फ्यामिली म्यान ३
मनोज बाजपेयी र प्रियमणि अभिनित यो लोकप्रिय वेब सिरिजको तेस्रो सिजन पनि २०२५ मा आउन लागेको छ। डिसेम्बरसम्म छायांकन सकिने र अर्को वर्षको मध्यसम्म पोस्ट प्रोडक्सन पूरा हुने अपेक्षा गरिएको छ।
द रोशन्स
ऋतिक रोशन र उनका परिवारको जीवनमा आधारित 'द रोशन्स' डकुमेन्ट्री सिरिज नेटफ्लिक्समा १७ जनवरी २०२५ मा रिलिज हुनेछ। यो सिरिजले रोशन परिवारको संघर्ष र सफलता चित्रण गर्नेछ।
ब्ल्याक वारेन्ट
'सेक्रेड गेम्स'का विक्रमादित्य मोटवानेको नयाँ वेब सिरिज 'ब्ल्याक वारेन्ट'ले भारतको कुख्यात तिहाड जेलको कठोर वास्तविकतालाई प्रस्तुत गर्नेछ। यो सिरिज १० जनवरी २०२५ मा नेटफ्लिक्समा प्रिमियर हुनेछ।
दिल्ली क्राइम सिजन ३
शेफाली शाह अभिनित 'दिल्ली क्राइम' सिरिजको तेस्रो सिजन २०२५ को मध्यमा रिलिज हुने अपेक्षा गरिएको छ। यसले मानव बेचबिखनको विषयलाई अन्वेषण गर्नेछ र यसमा शेफाली शाह र रसिका दुग्गलका साथ हुमा कुरेशी पनि देखा पर्नेछन्।
द ट्रायल सिजन २
काजोल अभिनित डिज्नी प्लस हटस्टारको 'द ट्रायल' सिरिजको दोस्रो सिजन २०२५ मा रिलिज हुने सम्भावना छ। यस सिरिजमा काजोल वकीलको भूमिकामा फर्कनेछ।
डब्बा कार्टेल
'डब्बा कार्टेल'ले औषधि कार्टेल सञ्चालन गर्ने पाँच महिलाको कथा प्रस्तुत गर्नेछ। यस सिरिजमा शबाना आजमी, ज्योतिका, फरहान अख्तर, निमिशा सजयन र अन्य प्रमुख कलाकारहरूको अभिनय रहेको छ। यो सिरिज सन् २०२५ मा प्रिमियर हुने अनुमान गरिएको छ।