हास्य सिरियल 'सक्किगोनि' मा दीपक आचार्य (काकु) को पुनरागमन, दर्शकलाई खुशीको खबर

फिल्मी फण्डा । हास्य सिरियल 'सक्किगोनि' मा अभिनेता दीपक आचार्य (काकु) को पुनरागमन भएको छ। झन्डै ६ महिनापछि उनले यो सिरियलमा फर्केका हुन्, र बिहीबार प्रसारित एपिसोडबाट उनले पुनः आफ्नो उपस्थिति जनाएका छन्।

सिरियलमा दीपक आचार्य रक्षा श्रेष्ठ र सुबोध गौतम का बुवाको भूमिकामा देखिन्छन्।

अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) द्वारा लेखिएको र निर्देशित 'सक्किगोनि' अहिले दर्शकहरू बीचमा निकै लोकप्रिय सिरियल बनेको छ। हाल यो सिरियलको सिजन ३ प्रसारणमा छ, र यसका क्यारक्टरहरू र कथावस्तुले दर्शकको मन जितिरहेको छ।

साथै, 'सक्किगोनि' टिमले यतिबेला फिचर फिल्म 'लाज शरणम्' निर्माण गरिरहेको छ, जुन आगामी फागुन महिनामा प्रदर्शनमा आउनै लागेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech