फिल्मी फण्डा । उसा फिल्मसको व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक फिल्म 'डल्लेले इन्ट्री मार्यो' को स्कृप्ट पुजा गरिएको छ । शनिबार काठमाडौंको भद्रकाली मन्दिरमा स्कृप्टको पुजा गरिएको हो ।
पाँच वर्ष लामो समय लगाएर तयार परिएको फिल्मको स्कृप्टलाई अहिले अन्तिममा यसको पटकथा / संवाद लक्ष्मण सुवेदीले गरेका छन् । फिल्मको कलाकार फाइनल नभई सकेको र केहि दिन भित्रै फाइनल हुने निर्माण पक्षले जानकारी दिएको छ । यस फिल्मको छायांकन सौराह ,दोलखा र चरिकोटमा गरिने भएको छ। यसको संगीत बाबुल गिरी र रिमेश कुमार थापाले गरेका हुन् भने नृत्य विवेक थापाले गर्ने भएका छन्।त्यसैगरी यो चलचित्रका निर्माता आशिक बस्नेत,आर्दश बस्नेत, निर्मला बस्नेत रहेका छन् भने निर्देशन राजु गिरीले गर्ने भएका छन् । फिल्म तिहारमा रिलिज गरिने भएको छ।