कन्दरा ब्याण्डले नयाँ गीत र अन्तर्राष्ट्रिय टूरमार्फत साङ्गीतिक इतिहास रच्दै

फिल्मी फण्डा । ठमेलस्थित एक क्लबमा २४ कात्तिकमा कन्दरा ब्याण्डले सांगीतिक इतिहास रच्यो। पोखरामा ३२ वर्षअघि स्थापना भएको यस ब्याण्डले आफ्नो प्रस्तुतिमार्फत काठमाडौंमा सांगीतिक यात्रामा नयाँ अध्याय थप्न सफल रह्यो।

नयाँ वर्ष २०२५ लाई विशेष बनाउँदै ब्याण्डले नयाँ गीत ‘हुनेछ : द सङ अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। यो गीत आउँदो ४ जनवरी (२० पुस) मा सार्वजनिक हुने छ। सोही दिन कन्दरा ब्याण्डले बेलायतको लण्डनबाट आफ्नो अन्तर्राष्ट्रिय टूरको थालनी गर्दैछ।
ड्रमर सुनिल थापाले शब्द र संगीत तयार पारेको यो गीत आशा र प्रेरणाको सन्देश दिने उद्देश्यले निर्माण गरिएको हो। यसले देशमा सकारात्मक परिवर्तनका लागि सोच, व्यवहार र आचरणमा सुधारको आवश्यकता रहेको सन्देश दिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस गीतको सफलताको शुभकामना दिएका छन्।
कन्दरा ब्याण्डले नेपाली संगीतप्रेमीहरूका लागि ‘लेककी हे माया’, ‘बिदेशिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ‘भेडी गोठैमा’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ‘बिचरा म’ जस्ता अमर गीतहरू पस्केको छ।

भोकल: विवेक श्रेष्ठ ड्रम्स: सुनिल थापालिड गिटार: देव लामा बास गिटार: पङ्कज झामादल: अविनाश गायककिबोर्ड: उमेश थापाड्रमर सुनिल थापा, कन्दराका स्थापना कालदेखिका सदस्य, ब्याण्डको मुख्य स्तम्भ हुन्।

कन्दराले "पहिला घरदेश अनि परदेश" नारासहित नेपालका विभिन्न प्रदेशमा प्रस्तुति दिएर आन्तरिक पर्यटन प्रवर्द्धन गरिसकेको छ।
अब, बेलायतबाट सुरु हुने यस अन्तर्राष्ट्रिय टूरको कार्यतालिका यस्तो छ:
मार्च-अप्रिल: अस्ट्रेलिया र न्युजिल्याण्ड
मे: अमेरिकाजुन: क्यानडाजुलाई-अगस्ट: युरोपका विभिन्न देशसाथै, कतार र सिंगापुरमा पनि प्रस्तुति दिने योजना छ।
कन्दराको यस टूरले नेपाली संगीतलाई विश्वभर फैलाउनुका साथै आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

कन्दराको यो प्रयासले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने र सांगीतिक इतिहासमा नयाँ मानक स्थापित गर्ने लक्ष्य राखेको छ।

स्रोत :- अनलाइन खबर बाट प्रकाशीत

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech