फिल्मी फण्डा । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको उपचारका क्रममा चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा शुक्रबार राति निधन भएको हो।
पुडासैनीलाई हृदयघातको लक्ष्य देखिए पनि मृत्युको वास्तविक कारण हालसम्म स्पष्ट भएको छैन।
उनी हाल नेपाल भ्युज अनलाइनमा कार्यरत थिए। पत्रकारिताको क्षेत्रमा उनले माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, र रेडियो अन्नपूर्णलगायतका मिडियामा काम गरिसकेका थिए।
उनको अप्रत्याशित निधनले नेपाली पत्रकारिता क्षेत्रलाई स्तब्ध बनाएको छ।