'एक्टरः टेक वन' को गीतले युट्युबमा एक दिनमै १० लाख भ्यूज पार गर्‍यो

फिल्मी फण्डा । चलचित्र 'एक्टरः टेक वन' को गीतले युट्युबमा एक दिनमै १० लाख भ्यूज पार गरेको छ। माघ १६ गते प्रदर्शन हुने यो चलचित्रको गीतले दर्शकको मन जित्दै युट्युबमा उच्च दर्शनीयता पाएको छ। 

सङ्गीतकार तथा गायक हर्कुलस बस्नेतले सामाजिक सञ्जालमा पोस्ट लेख्दै यो उपलब्धिलाई भाग्यमानी ठानेका छन्। उनले भनेका छन्, “हाम्रो गीतले लगभग एक दिनमै एक मिलियन भ्यूज पार गरेको छ। जसले ममाथि आँखा बन्द गरेर विश्वास गर्नुभयो, आज म यो टिमसँग उभिन पाउँदा आफैँलाई भाग्यमानी र गर्व महसुस गरिरहेको छु।”

हर्कुलसले एक्टर टिमलाई धन्यवाद दिँदै आफ्नो सृजनालाई उत्कृष्ट स्तरमा पुर्याउन प्रेरित गरेकोमा आभार व्यक्त गरेका छन्। “प्रदिप खड्कासँग यो मेरो पहिलो चलचित्र गीत हो, जो अत्यन्त बहुप्रतिभाशाली र साहसी छन्। आना सधैँ मेरो मन पर्ने र मेरो लागि भाग्यमानी व्यक्ति हुनुहुन्छ। म राजबल्लभ कोइरालाको पुनरागमनका लागि शुभकामना दिन्छु, र उदाउँदै गरेको प्रतिभा दिव्यालाई पनि,” हर्कुलसले लेखेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech