फिल्म 'दुखी आत्मा' को टिजर सार्वजनिक

फिल्मी फण्डा ।  फागुन २ गते रिलिज हुने फिल्म 'दुखी आत्मा' को ३ मिनेट भन्दा लामो टिजर सार्वजनिक भएको छ। दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ, र सुदिप ढकाल कार्यकारी निर्माता छन्।

टिजरमा दयाहाङ राई र आँचल शर्मा प्रमुख भूमिकामा देखिएका छन्। फिल्मलाई एडल्ट विषयवस्तुमा तयार गरिएको छ, जसले गर्दा द्धिअर्थी संवादहरू समावेश छन्।

फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ।

टिजरले दर्शकलाई हँसाउने र मनोरञ्जन दिने प्रयास गरेको छ। दयाहाङले रोमान्टिक र पीडित पात्रको भूमिका निभाएका छन्। प्रेम दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ। फिल्म क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको हो।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech