हरिवंश आचार्य अभिनित फिल्म ‘भूठान’को प्रदर्शन मिति तय, १२ बैशाखमा रिलिज

 फिल्मी फण्डा । हरिवंश  आचार्य अभिनित फिल्म ‘भूठान’ (अंग्रेजी शीर्षक: The World's Happiest Man) आगामी १२ बैशाखमा नेपालमा प्रदर्शन हुने भएको छ।

विनोद पौडेल निर्देशित यस फिल्ममा हरिवंश आचार्यका साथमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोयस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको अभिनय रहेको छ। साग अफट्राको अन्तर्गत बनेको यो पहिलो नेपाली फिल्म हो, जसमा हलिउडका प्राविधिकहरू पनि संलग्न छन्।

निर्मातामध्येका एक अविरल थापाका अनुसार, यो फिल्ममा हरिवंश आचार्यलाई नयाँ र अहिलेसम्म नदेखिएको भूमिकामा देख्न पाइनेछ। “यो फिल्म हरिवंशको जीवनकै कालजयी बन्नेछ,” थापाले बताए।

नेपालमा फिल्मको वितरण आरआर फिल्म्स प्रोडक्सनले गर्नेछ। बलिउड र हलिउडका

वितरकहरूको सहयोगमा फिल्मलाई विश्वव्यापी रूपमा एउटै मितिमा प्रदर्शन गर्ने तयारी भैरहेको छ। फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम, थातथलो छोड्नुपर्दाको कथा र आफनो जराको खोज प्रस्तुत गर्दछ ।

फिल्मको छायांकन केही महिनाअघि अमेरिकामा सम्पन्न भएको थियो। निर्माण टोलीमा राजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँसकोटा रहेका छन्। कार्यकारी निर्माताहरूमा विकास भिटो अधिकारी, एलएन अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, र भुवन प्याकुरेल छन्।

फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेस्ट इन्टरटेनमेन्ट अमेरिका र अवेकन प्रोडक्सन नेपाल तथा म्याड मंकी फिल्म्स अमेरिकाको सहकार्यमा निर्माण गरिएको हो।

स्रोत :- मेरो फिल्म

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech