छोरा समिरका लागि अभिनेता विराज भट्टले ३ करोड ३२ लाखको ल्यान्ड क्रूजर उपहार दिए

फिल्मी फण्डा । अभिनेता विराज भट्टले छोरा समिर भट्टलाई ३ करोड ३२ लाख मूल्यको टोयोटा ल्यान्ड क्रूजर २५० (प्राडो) गाडी उपहार दिएका छन्।

शुक्रबार चावहिलस्थित टोयोटाको सोरुममा पुगेर विराजले २०२४ मोडेलको यो गाडी प्राप्त गरेका हुन्। नेपालमा सात सिट क्षमताको यो गाडी ‘अल राउण्डर’ र ‘लक्जरी’ भेरियन्टमा उपलब्ध छ, जसको मूल्य ३ करोड २७ लाखदेखि ३ करोड ३२ लाखसम्म पर्छ।

समिरको डेब्यू फिल्म "१२ गाउँले" गत दशैंमा प्रदर्शन भई करिब २० करोड कमाएर ब्लकबस्टर साबित भएको थियो। फिल्मको विदेश प्रदर्शनबाट पनि उल्लेखनीय नाफा भएपछि, सबै खर्च कटाएर विराजले करिब १० करोडको मुनाफा कमाएको बताइन्छ।

विराजले अहिले विराटनगरमा छायांकन भइरहेको समिरको दोस्रो फिल्म "बलिदान" को सेटमा गाडी हस्तान्तरण गर्ने योजना बनाएका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech