निर्देशक सरोज पौडेलको नयाँ चलचित्र कोशेढुंगामा तीन प्रमुख कलाकार फाइनल

फिल्मी फण्डा । निर्देशक सरोज पौडेलको चर्चित चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’ पछि उनले आफ्नो नयाँ फिल्म ‘कोशेढुंगा’ को घोषणा गरेका थिए। फिल्मको थिम पोस्टरमा घुरमौलो बिहानीको पृष्ठभूमिमा एक महिला पहाडको दृश्य हेरिरहेकी छिन्। यद्यपि, यस चलचित्रका कलाकारहरूको नाम अहिलेसम्म सार्वजनिक गरिएको थिएन।

अब, फिल्मको निर्माण पक्षबाट प्राप्त स्रोतका अनुसार, कोशेढुंगामा दुई नायक र एक नायिका फाइनल भइसकेका छन्। निर्देशक सरोज पौडेल पुनः नायक प्रकाश सपुतसँग सहकार्य गर्दैछन्। यसअघि पनि उनीहरूको सहकार्य पुर्ण बहादुरको सारङ्गीमा सफल थियो।

फिल्मको मुख्य भूमिका नायिका सुरक्षा पन्तले निभाउने छन्। यस्तै, नायक आर्यन सिग्देललाई पनि फिल्मका लागि फाइनल गरिएको छ। यी कलाकारहरू हाल अन्य परियोजनामा व्यस्त छन्, र आफ्नो काम पूरा गरेपछि उनीहरूले कोशेढुंगामा काम गर्न सुरु गर्नेछन्।

सामाजिक कथावस्तुमा आधारित यो फिल्मले संघर्ष र उच्च सपनाको कथा प्रस्तुत गर्नेछ। फिल्मको रिलिज आगामी वर्षका लागि तय गरिएको छ। निर्माणको लागि नरदेवी फिल्म्सको प्रस्तुतिमा प्रेविल कँडेल र हरि महत्तले लगानी गर्नेछन् भने, कार्यकारी निर्माता दिनेश खड्का छन्।

स्रोत :- मेरो फिल्म 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech