छविराज ओझा ‘मंगलम २’ निर्माणमा जुटे, निर्देशक नेपालसँग सम्झौता

फिल्मी फण्डा । नेपाली फिल्म उद्योगका प्रसिद्ध निर्माता छविराज ओझा नयाँ फिल्म निर्माणमा लागेका छन्। उनले २०७४ सालको हिट फिल्म ‘मंगलम्’ को दोस्रो भाग ‘मंगलम २’ निर्माण गर्ने निर्णय गरेका छन्। यो फिल्म छविराज प्रोडक्सन र गूण सिनेमा प्रालिको ब्यानरमा निर्माण हुनेछ।

‘मंगलम २’ को निर्देशनका लागि ओझाले निर्देशक नेपालसँग आइतबार सम्झौता गरेका छन्। फिल्मका कलाकार र प्राविधिक टोलीको घोषणा केही समयपछि गरिने छ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech