नेपाली साइन्स फिक्सन फिल्म 'एक्लो'को क्यारेक्टर पोस्टर सार्वजनिक, विजय लामाको भूमिका भिस्म

फिल्मी फण्डा । नेपाली फिल्म उद्योगमा एक नयाँ साइन्स फिक्सन चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर हालै सार्वजनिक गरिएको छ। पोस्टरमा प्रमुख अभिनेता विजय लामालाई बृद्ध गेटअपमा देखाइएको छ, र उनको क्यारेक्टर नाम भिस्म राखिएको छ। पोस्टरको सन्देशमा 'इंटरड्युसिङ्ग मुटु' पनि उल्लेख गरिएको छ।

फिल्मको निर्देशन प्रदीप शाहीले गरेका छन्, जो यस फिल्मसँगै आफ्नो तेस्रो निर्देशन गर्दैछन्। शाहीले ‘एक्लो’लाई हलिउड स्तरको सिनेमा बनाउनका लागि काम गरिरहेका छन्। चलचित्रको पोस्ट प्रोडक्सन अहिले लन्डनमा भइरहेको छ र प्रदर्शन मिति पछि तय हुनेछ।

यस फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। फिल्मका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ र अन्य छन्। छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् भने, द्वन्द्व निर्देशनको जिम्मेवारी राजु तामाङले सम्हाल्नु भएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech