चलचित्र ´ माइतीघरमा` नायक धिरज मगर अनुबन्धीत

फिल्मी फण्डा । रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको चलचित्र  ‘माइतीघर’का प्रमुख कलाकारहरूको चयन टुंगो लागेको छ। नायक धिरज मगरको इन्ट्रीसँगै फिल्मका मुख्य कलाकारहरूको लाइनअप पूरा भएको हो।

फिल्ममा केदार घिमिरे (माग्ने बुढा), प्रकाश सपुत, र बुद्धि तामाङको पनि मुख्य भूमिका रहनेछ। नायिका उपासना सिंह ठकुरी र नयाँ कलाकार दिकिला शेर्पा समेत यस फिल्ममा अनुबन्धित भएका छन्।

निर्माता रोहित अधिकारीले फिल्म छायांकन केही महिनामा सुरु हुने र आगामी वर्षको दशैंको फूलपातीमा प्रदर्शन गर्ने योजना बनाएको जानकारी दिएका छन्।

फिल्मको निर्देशन मिलन तामाङले गर्दैछन् भने कथा चन्द्रकुमार दोङले लेखेका छन्। सुशन प्रजापति छायांकनमा र रामशरण पाठक संवाद लेखनमा छन्। कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ रहेका यो फिल्ममा रविन शेरचन र धिरज तामाङले लगानी गरेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech