फिल्म ‘दुखी आत्मा’ को नयाँ गितको छायाँकन सम्पन्न, फाल्गुन २ गते बाट प्रदर्शन

फिल्मी फण्डा । अगामी फाल्गुन २ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुखी आत्मा’ को नयाँ गितको छायाँकन सम्पन्न गरिएको छ। फिल्मको टिजर र ब्रेकअप कविता अहिले चर्चामा रहेका छन्। भक्तपुरको दरबार स्क्वायरमा छायाँकन गरिएको यस रोमान्टिक गितमा नायक दयाहाङ राई र आचल शर्मा फिचर्ड छन्।

यो गितको भिडीयोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्, जबकि गितमा केतन क्षेत्रीको संगीत र इश्वर कार्कीको शब्द र कम्पोज रहेको छ।

फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् र यसको छायाँकन आलोक शुक्लाले गरेका छन्। चलचित्रका निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता सुदिप ढकाल हुन्। ‘दुखी आत्मा’ को टिजरमा रहेको 'जुनार' शब्द पनि विशेष चर्चामा आएको छ।

 
 
 
 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech