फिल्मी फण्डा । प्रख्यात निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’ को छायांकन गोरखाबाट सुरु भएको छ। फिल्म बसाइँसराइका कारण रित्तिँदै गइरहेको पहाडी क्षेत्रको कथामा आधारित छ।
‘पहाड’ मा निर्देशक घिमिरेकी छोरी पञ्चमी घिमिरेले डेब्यु गर्दैछिन्। कलाकारहरूको रूपमा विपीन कार्की, मदनकृष्ण श्रेष्ठ, सुनील थापा, अरुण क्षेत्री र पञ्चमी घिमिरेको अभिनय रहनेछ।
सुरुमा वर्षा राउतलाई लिने योजना भए पनि अन्ततः प्रियंका कार्कीलाई अनुबन्ध गरिएको निर्माण टिमले जनाएको छ।
सिनेमाको निर्देशनसँगै पटकथा पनि तुलसी घिमिरेले तयार गरेका हुन्। ओजश्वी केसी निर्माता रहेको सिनेमामा प्रमोद प्रधानले छायांकन (डीओपी) गर्नेछन्। संगीत रञ्जित गजमेरले, क्रिएटिभ निर्देशन भारती घिमिरेले, र सह–निर्माण रिम्पोछे लामा थिङ र सुरेश लामा थिङले सम्हाल्नेछन्।
‘पहाड’ लाई नेपालमा व्यंकटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गर्नेछ।