फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ प्रिमियरमा तारिफको वर्षा

फिल्मी फण्डा । बुधबार  साँझ ललितपुरको लबिम मलमा नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत नेपाली फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ को भव्य प्रिमियर सम्पन्न भयो। शुक्रवारदेखि प्रदर्शनमा आउने यस फिल्मलाई प्रिमियरमा उपस्थित सिनेप्रेमी तथा कलाकारले अत्यधिक प्रशंसा गरेका छन्।

फिल्म हेरेपछि कलाकार र निर्देशकले फरक शैली र नयाँ कथावस्तुको प्रशंसा गरे। अभिनेत्री प्रियंका कार्की भन्छिन्, “यो मुख्यधारका फिल्मभन्दा बिल्कुलै फरक छ। निकै इन्जोय गरें।”अभिनेता आयुष्मान देशराज जोशी ले यो फिल्मलाई नयाँ जनराको उत्कृष्ट प्रयास भने। अभिनेत्री स्वस्तिमा खड्का ले धेरै पछि फ्रेस कथा भएको फिल्म हेर्न पाएकोमा खुशी व्यक्त गरिन्।
निर्देशक निश्चल बस्नेतले दीपेन्द्र गौचनको निर्देशनलाई तारिफ गर्दै भने, “फिल्मले निर्देशकको कथन प्रस्तुत गर्ने शैलीलाई बलियो बनाएको छ।” अभिनेत्री मिरुना मगरले सृष्टि श्रेष्ठको अभिनयले आफूलाई प्रभावित बनाएको बताइन्।

दीपेन्द्र गौचनको लेखन र निर्देशनमा बनेको यस सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, मदन ठाकुर, रिना रिमाललगायतको अभिनय छ। डीओपी अमर महर्जन, सम्पादन निमेष श्रेष्ठ, र संगीतकार प्रवेश मल्लिक, दीपेन्द्र गौचन र करुण थापाको टिमले प्राविधिक पक्षलाई उत्कृष्ट बनाएको छ।

एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट, र एफडी कम्पनीले सिनेमा वितरण गर्दैछन्। डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ।
फरक जनरा, आकर्षक कथा, र उत्कृष्ट प्रस्तुति पस्कने लक्ष्यका साथ तयार पारिएको यो सिनेमा शुक्रबारदेखि हलमा प्रदर्शनमा आउँदै छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech