फिल्मी फण्डा । अमेरिकामा बसोबास गर्दै आएका अभिनेता राजवल्लभ कोइराला आफ्नो नयाँ फिल्म ‘एक्टर टेक वन’ को प्रचारप्रसारका लागि नेपाल आएका छन्। शनिबार अपराह्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे।
विमानस्थलमा कोइरालालाई एक्टर टेक वान का अभिनेता प्रदीप खड्का, फिल्मका निर्देशक र निर्माताहरूले स्वागत गरे। मिडियासँग कुराकानी गर्दै उनले अभिनयमा पुनरागमन, नेपाली फिल्मको विकास, सह(कलाकारहरूसँगको सहकार्य, र आगामी योजना बारेमा विचार व्यक्त गरे।फिल्म स्रोतका अनुसार, कोइरालाले काठमाडौंमा करिब १० दिन बिताउनेछन्। यस क्रममा उनले फिल्म प्रिमियर, विभिन्न प्रवर्द्धनात्मक गतिविधि, र आफ्नै कविता संग्रह ‘औरा’ को विमोचन कार्यक्रममा भाग लिनेछन्।
फिल्मको प्रिमियर सोमबार साँझ भक्तपुरको क्यूएफएक्स राधे राधे हलमा हुनेछ।राजवल्लभ कोइरालाले सन् २०१५ मा रिलिज भएको फिल्म ‘हे युवा’ पछि अभिनयबाट विश्राम लिएका थिए। ‘पर्खि बसेँ’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका कोइरालाले ‘एक्टर स् टेक वन’ मा प्रमुख भूमिकामध्ये एक निभाएका छन्।
कोइरालाको यस पुनरागमनलाई दर्शकले उत्साहका साथ स्वागत गरिरहेका छन्। फिल्मले नेपाली सिनेमा क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।