फिल्मी फण्डा । रोहित अधिकारीको निर्माणमा तयार हुने चलचित्र ‘माइतिघर’ को कलाकार टोली सार्वजनिक गरिएको छ। यसअघि अनुबन्धित अभिनेत्री दिकिला शेर्पालाई हटसिक्किमकी चर्चित अभिनेत्री श्यामश्री शेर्पालाई समावेश गरिएको छ।
भारतीय वेब-श्रृंखला, विज्ञापन, र म्युजिक भिडियोमा सक्रिय श्यामश्रीले कान्स फिल्म फेस्टिभलसम्म पुगेको चलचित्र ‘तारा: द लस्ट स्टार’ मा अभिनय गरेपछि आफूलाई फरक पहिचान दिलाएकी छन्।
चलचित्रमा प्रकाश सपुत, केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, र शिशिर बाङ्देल मुख्य भूमिकामा देखिनेछन्।
चलचित्रको निर्देशन मिलन तामाङ्गले गर्दैछन्। कथा लेखनमा रविन शेरचन र धीरज तामाङको सहकार्य रहनेछ।