फिल्मी फण्डा । अगामी माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'सारंग' को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा ऋचा शर्मा, उत्पल झा, बाल कलाकार सम्राट र आदित्यलाई मुख्य भूमिकामा देखाइएको छ।
प्रशान्त तामाङको लेखन, निर्माण र निर्देशनमा बनेको यस फिल्मले बाल मनोविज्ञान, बालअधिकार, र धनी-गरिब परिवारबीचको विभाजनको यथार्थ कथा प्रस्तुत गर्दछ। यसले एक परिवारमा सम्बन्ध बिच्छेदले निम्त्याउने समस्यालाई उजागर गरेको छ।
फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, र प्रभात श्रेष्ठका साथै बाल कलाकार सम्राट र आदित्य मुख्य भूमिकामा छन्।
फिल्मका निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन्। सहनिर्मातामा पुष्पा लिम्बू र बिनु गुरुङ रहेका छन्। फिल्मको छायांकन गोपाल रायले गरेका छन् भने सम्पादन मित्र डी गुरुङले गरेका छन्। शंकर थापा स्माइल र नकुल कार्कीको संगीत, स्वास्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, र सुष्मा राईको कोरियोग्राफी रहेको यस फिल्मलाई दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो। फिल्मलाई देशभर स्टेशन ५ ले बितरण गर्दैछ।